Logo

अर्थ

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक



काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत गरी नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर सार्वजनिक गरेको छ ।

आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले काठमाडौँ, कमलादीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

क्यालेन्डर सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रत्येक वर्षझैँ यस वर्ष पनि तिथि–मिति र सार्वजनिक बिदाहरू समेटिएको भित्तेपात्रो समयमै प्रकाशित गरेको बताए । उनका अनुसार क्यालेन्डरमा सम्पूर्ण बिदाहरू, व्रतपर्व, चाडबाडलगायत जानकारी समावेश गरिएको छ, जसले बीमित, ग्राहक तथा सरोकारवालालाई सुविधा पुग्नेछ ।

२०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर आजैदेखि वितरण सुरु गरिएको छ । देशभर रहेका शाखा कार्यालय तथा बीमा अभिकर्तामार्फत यो क्यालेन्डर ग्राहकलाई प्रदान गरिनेछ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार १७:२६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।