काठमाडौं । नयाँ गभर्नर नियुक्तिको दिन नजिकिँदै गर्दा नयाँ नयाँ ट्वीस्ट चर्चामा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई गभर्नर बनाउन एक गिरोह अर्थ संकलनमा जुटेको चर्चा चलेको छ ।
शक्ति केन्द्र बालुवाटार र बुढानिलकण्ठ यो विषयमा सूचना छ की बेखबर ?
शक्तिकेन्द्र मिलाउने हवला दिदै राष्ट्रिय दलालका रुपमा चिनिएका बिचौलियाहरु सहित एमाओवादीका नेताद्वय कृष्ण बहादुर महरा, जनार्दन शर्मा सहितको समूह सक्रिय बने पछि चर्चा व्यापक चुलिएको हो ।
विपक्षी दलका नेता समेत नयाँ गभर्नर नियुक्ति गराउने दौडमा सामेल भए पछि अहिलेको प्रतिस्पर्धा थप रोचक बनेको हो । सत्ता अर्थात् सरकारका विपक्षका नेता समेत नयाँ गभर्नर नियुक्तिको भूमीकामा मेलो सार्ने अभियानमा दौड चलाए पछि खैलाबैला मच्चिएको हो ।
जागिरे जीवनको उत्तरार्धमा आफूलाई गुण लगाएको भन्दै एमाओवादीका नेताहरुसंग निरन्तर सम्पर्कमा रहेका राजेन्द्रकिशोर क्षेत्रीको इन्द्रजालमा को को फस्ने हो ? त्यो भने हेर्न बाँकी छ ।
शक्तिकेन्द्र मिलाउने नाममा भन्दै केही व्यवसायिक घराना र प्रतिष्ठानबाट समेत अर्थ संकलन तिब्र रहेको स्रोतले जनाएको छ।
बिचौलियाहरुले आफूले पैसा उठाएर खर्च गरेर ल्याएको गभर्नरले अनुकूल नीति ल्याउँने र मुलुकको अर्थतन्त्रमा नराम्ररी गम्भीर धक्का पर्नसक्ने सम्भावना बढेको छ ।
हुन त ठुला, ठुला खेलमा शक्ति केन्द्र सुचनाको अभावमा पटक पटक कमजोर हुने गरेको धेरै उदाहरणहरु साक्षी छन् । गभर्नर बन्ने दौडमा राष्ट्रबैंकका दुई डेपुटी गभर्नर, दुई कार्यकारी निर्देशक, वाणिज्य बैंकका तीन सीईओ पनि रहेका छन् ।




















प्रतिक्रिया