Logo

अर्थ

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर सोमबारबाट कारोबारमा आउने



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर कारोबार आउँदो सोमबारबाट कारोबारमा आउने भएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार आउँछ। तर, भोलि शुक्रबार सेयर कारोबार नहुने र आइतबार राम नवमीको सार्वजनिक बिदा परेकोले यो कम्पनीको सेयर आउँदो सोमबारबाट कारोबारमा आउने भएको हो ।

आइपीओ सूचीकरण सम्झौतापत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाइँ र नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले हस्ताक्षर गरेका छन् ।

नेपाल माइक्रोको १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार १४:२७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।