कामना सेवा विकास बैकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २०.०१ करोड नाफा आर्जन गरेको छ । आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७३ प्रतिशतको वृद्धि हो । बैंकले गत आ.व.को यसै अवधिमा १.८७ करोड खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५२ प्रतिशत र २२३ प्रतिशतभन्दा बढी हो । बैंकले असोज मसान्तसम्म रु ३६ अर्व ७२ करोड निक्षेप संकलन गरी रु २९ अर्व ९३ करोड कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आ.व.को सोही अवधिको तुलनामा क्रमशः ४४ प्रतिशत र ३६ प्रतिशतको वृद्धि हो ।
बैंकको प्रति शेयर आम्दानी ३१.५१ प्रतिशत छ भने प्रति शेयर नेटवर्थ १२२.६२ र मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ । यस अवधिमा बैंकको आधार दर ९.२८ प्रतिशत, सीसीडी रेसियो ७७.४३ प्रतिशत र पुँजीकोष अनुपात १२.४४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया