काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कम्पनीले १५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
चैत्र २८ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोडको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।




















प्रतिक्रिया