Logo

आईपीएल: ओरेन्ज क्यापको उपाधिका लागि राहुललाई पछ्याउँदै धवन



निर्मल लामिछाने।

युएईमा जारी १३औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सका ओपनर खेलाडी शिखर धवन ओरेन्ज क्यापको दौडमा रहेका छन् । धवन पन्जावका अर्का खेलाडी के एल राहुल भन्दा ६७ रनले पछि रहेका छन् । यद्धपी राहुलको टीम आइपीएलको संस्करणबाट बाहिरीसकेको छ । 

धवनले अब आइपीएलको फाइनलमा आज बेलुका मुम्बई बिरुद्द ब्याटिङ गर्दै ६८ रन बनाउन सके उनि यस वर्षको आइपीएलको ओरेन्ज क्यापको बिजेता बन्ने छन् । तर, मुम्बई बिरुद्द ब्याटिङ गर्न धवनलाई सजिले भने हुने छैन किनकी मुम्बईको बलिङ निकै उत्कृष्ट रहेको छ । जारी आइपीएलमा मुम्बईका जसप्रित बुम्राह र ट्रेन बोल्ट बलिङमा निकै अब्बल रहेका छन् ।

सर्बाधिक रन बनाउने पाँच खेलाडीहरुको सुचिहरुमा के एल राहुल(६७०),  शिखर धवन(६०३), डेभिड वार्नर(५४८ ),  इशान किशन(४८३) र क्वाण्टन डि कक(४८३) रहेका छन् । यता राहुल र वार्नरको टीम बाहिरीसकेका छन् । 

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार