Logo

खेलकुद

नेपाल फाइनलमा झिनो अन्तरले पराजित



काठमाडाैं । बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाए पनि नेपाल हङकङ टी२०आई सिरिजको फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको छ ।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि चुकेको हो ।

नवौं विकेटका लागि नन्दन यादवले बसिर अहमदसँग ७२ रनको साझेदारी गरेपछि नेपाल जित नजिक पुगेको थियो। तर अन्तिम चार बल बाँकी छदा चार रन बनाउँन नसक्दा नेपाल स्तब्ध भयो।

उत्कृष्ट लयमा देखिएका नन्दनले १४ बलमा ३७ रन जोडे। उनले २ चौका र ४ छक्का प्रहार गरे।

अन्तिम ओभरमा नेपाललाई ११ रन चाहिएको थियो भने एक विकेट मात्र बाँकी थियो।

बसिरले ४३ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ८० रन बनाए।

ओपनर कुशल भुर्तेल ३ रनमा आउट भए। अर्का ओपनर आसिफ शेख ११ बलमा २१ रन जोडेर आउट भए। लगत्तै अर्को बलमा कुशल मल्ल डकआउट भए।

दीपेन्द्रसिंह ऐरी चार बल शून्यमा आउट भए। नेपालले ४.५ ओभरमा सुरूवाती चार विकेट गुमाउँदा २८ रन जोडेको थियो।

कप्तान रोहितकुमार पौडेलले ७ रन मात्र जोड्न सके। सोमपाल कामी ४ रनमा रनआउट भए भने गुल्सन झा ९ रनमा क्याच भए। करण केसी ४ रनमा क्याच भए।

बलिङमा कुवेतका अनुदिपले ३ विकेट लिए।

हङकङमा आइतबार टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले ७ विकेटको क्षतिमा १७४ रन बनायो।

कुवेतका लागि ओपनर रविजा सन्दरुवालने ६३ रन बनाए। उनले ३६ बलमा ६ चौका र ४ छक्क प्रहार गरे। अर्का ओपनर क्लिन्टो अन्तोले १४ बलमा २६ रन बनाए। उस्मान पटेलले १५ बलमा २३ रन र कप्तान मोहमद अस्लामले १३ रन बनाए।

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२ विकेट लिए। सोमपालले ४ ओभरमा २६ रन र नन्दनले ३४ रन दिए। कुशल भुर्तेल र करण केसीको नाममा १-१ विकेट रह्यो।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार १४:५८   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।