Logo

अर्थ

नयाँ वर्षको स्वागतसँगै सामसङको टेरा-फिक सुरुवातः ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा



काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा लन्च भएको घोषणा गरेको छ । यो १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ ।

यसको मूल्य २ लाख ३४ कारेड ९९९ रुपैयाँ रहेको छ । यो टाइटटेनिएम सिल्भरब्लु र टाइटटेनिएम ग्रे रङमा उपलब्ध छ । यो नयाँ भेरियन्त वैशाख ४ गतेदेखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ।

सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधा मार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ ०% ब्याजमा ग्यल्केसी एस२५ अल्ट्रा १ टिबी मासिक रु ११,७५० इएमआई सम्मबाट प्राप्त गर्न सकिनेछ । यस प्रक्रियाका लागि नागरिकता मात्र पर्याप्त हुनेछ ।

साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि दिइनेछ। पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १६:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।