Logo

अर्थ

सन नेपाल लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम माैका



काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गर्दैछ ।

आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिनका लागि योग्य हुनेछन् ।

कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद निष्कासन गर्नेछ । कम्पनीले अब १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्नेछ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार १०:२०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।