Logo

प्रमुख समाचार

राजनीति छायाँ पर्दा अख्तियार निरीह, जता पनि प्रमकै हस्तक्षेप



काठमाडौं । अघिल्लो साता प्रधानमन्त्री केपी ओलीले जनकपुरमा पुगेर लोकतन्त्र बलियो बनाउन देशमा सुशासन स्वच्छ पार्न आफू लागि परेको दाबी गरे ।

तर, उहाँ आफैं र उहाँ आफूले नेतृत्व गर्नु भएको सरकारका मन्त्रीहरुले पदीय दायित्व निर्वाह पनि गरेनन् । अर्थात् उनीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् ।

नेता र उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्ने अधिकार प्राप्त अख्तियारमा राजनीति छायाँ परेपछि निरीह बनेको छ ।

भागवण्डामा अख्तियार पदाधिकारीहरुको नियुक्ति भए पछि कसरी उसले आफ्नो नेताहरु माथि छानविन गर्ने ।

विगतमा अख्तियारले छानविन गरेर मुद्दा चलाउँदा जयप्रकाश गुप्ता, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, रविन्द्रनाथ शर्मालगायत भ्रष्ट प्रमाणित भएका हुन् ।

जबकी पछिल्लो राजनीतिक परिवर्तन यता कुनै नेता माथि अख्तियारले छानविन गरेको छैन ।

कानुन बनाएर नीतिगत निर्णय माथि कुनै निकायले छानविन र अदालतमा मुद्दा चल्न नसक्ने बनाइए पछि नेताहरु माथि कुनै छानविन हुन नसकेको हो ।

राजनीतिक दलहरुले लगभग राज्य नियन्त्रण गरेका छन् । यस्तो अवस्थामा अख्तियार लगायत भ्रष्टाचार सम्बन्धि छानविन गर्ने कुनै निकायले नेताहरु माथि छानविन गर्न सक्ने अवस्था छैन ।

अझ भन्नु पर्दा अख्तियार लगायत अदालतसम्म पार्टीकै कार्यकर्ता रहेकाले नियुक्ति पाएका छन् । उनीहरुले कसरी आफ्ना नेताहरु माथि छानविन गर्ने र अदालतले दोषी करार गर्ने ।

नेपाल त्यसै अति भ्रष्ट  र ‘ग्रे लिष्ट’ मा परेको होइन अख्तियारका पूर्व प्रमुख रहेका सूर्यनाथ उपाध्याय लगायतले चिन्तित हुँदै भेका छन् ।

जता पनि प्रमकै हस्तक्षेप

प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वार्थका निर्णय गर्न छाडेनन् । कुलमान खेदेर विवादमा परे पनि नटेरेकाहरुलाई समयले झुकायो ।

विपक्षीलाई ओठे जवाफ दिएर पार्टीका कार्यकर्ताको ताली खाएका ओली अन्ततः संसदको रोष्टममा गएर बोल्नु पर्यो ।

माओवादीले प्रमलाई कुलमानका कुराले मात्र प्रश्नको जवाफ खोजेको थिएन । देशको अवस्थाले प्रमलाई झुकायो ।

उनको दुई तिहाई दम्भको शिर झुक्ने काम चैत १५ मा सरकारले नै गरायो । अराजकता देशलाई मान्य हुँदैन ।

नीति, सिद्धान्त र विचार जे सुकै होस् । प्रधानमन्त्रीले त्रिविवि माथि प्रहार गरे । विश्व विद्यालयलाई भर्तिकेन्द्र बनाउँदा गुणस्तर खस्कन्छ ।

शिक्षा क्षेत्रमा त्यो छर्लङ्ग छ । सामुदायिक स्कुलको सुधार गर्न सरकार सक्दैन कि चाहदैन त्यो कुरा छर्लङ्ग छ ।

अदालत भन्दा प्रधानमन्त्रीको आदेश माथि हुँदैन । तर, अदालतमा भित्र्याइएका पात्र र प्रवृत्तिका बारेमा बोल्नु छैन । नेपालमा लोकतन्त्र जनताका लागि भएन ।

नेतालाई राज्यको सम्पत्ति लुट्ने छुट लोकतन्त्रलाई बनाउनु हुँदैन तर बनाइयो ।

राजावादीका नाममा जसरी जनमत बढ्यो त्यसका कारक नै राजनीति संरक्षणको भ्रष्टाचार हो ।

त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रधानमन्त्रीको स्वार्थमा काम गर्नु पर्ने, जनताको संसदबाट सदनलाई समेत कब्जा लिने प्रयास गर्ने भएपछि कसरी देशमा शान्ति, अमन चयन आउँछ ।

अहिलेको अशान्तिको मूल जड नै लुटतन्त्र हो । अहंकारले व्यवस्था माथि प्रश्न उठाउँछ भने दलीय अभ्यास प्रति वितृष्णा पैदा गराउँछ ।

गणतन्त्रमा भ्रष्टको हालत राम्रो हुँदैन । जनतामाथि यो बेला अविश्वास तिनीहरु मथि छ जो गणतन्त्रको स्वामित्व आफू लिन खोज्छ ।

देशका सरकारी क्षेत्र कब्जा गर्छ । संस्थागत सुधार कतै छैन । जनता माथि दमन गर्ने प्रवृत्ति कम्युनिष्टको नाउमा हुन हुँदैन ।

तर, यहाँ यस्तै भएको छ । राजावादीले आक्रोश पोख्नु ठूलो कुरा होइन ।

संसदीय सर्वोच्चता माथि प्रहार गर्न प्रधानमन्त्री लाग्दा सरकार नै अप्ठेरामा परेका कारण जति दुश्मन भए पनि प्रचण्डकै साथ जरुरी भएको कुरा समयले जबर्जस्त स्वीकारेको खबर चर्चामा उल्लेख छ ।

यस्तो बेलामा त्रिविवि भित्र अदालती फैसला विरुद्ध सरकारको तहबाट हस्तक्षेप गरी उपकुलपतिलाई पद त्यागका लागि बाध्यता पार्नु हुँदैन ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार ०७:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।