Logo

अर्थ

सन नेपाल लाइफले ३० गतेदेखि हकप्रद सेयर‍ निष्कासन गर्ने



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नियामक बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्‍याउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ बराबरको २७ प्रतिशत अर्थात् १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसपछि बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पूँजी पुग्नेछ ।

वैशाख ४ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हकप्रद सेयरमा आवेदन दिने मिति जेठ १९ गतेसम्म तोकिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार ११:२८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।