Logo

राेजगार

सरकारले बनायो काम र कामदार खोज्ने वेबसाइट



काठमाडाैं । सरकारले रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरूलाई जोड्न श्रमसंशार डट जीओभी डट एनपी (shramsansar.gov.np) सञ्चालनमा ल्याएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान एक स्टाटस लेख्दै यसबारे जानकारी दिएका हुन् । उनले यसलाई सवारीसाधनो सेवा लिने र दिनेले राइड शेयरिङ एपजस्तै रोजगार दिने र लिनेलाई जोड्ने बताएका छन् ।

‘सरकारले रोजगारदाता र रोजगारी खोजकर्तलाई प्रविधिमार्फत सोझै सम्पर्क गर्ने गरी shramsansar.gov.np पोर्टलको आरम्भ गरेको छ । रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने छ । एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुवै समस्यालाई यसले समाधान गर्नेछ,’ ओलीले भनेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार १७:१०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।