काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।




















प्रतिक्रिया