काठमाडौं । गत २०८२ वैशाख ८ गतेको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अरिरिक्त समूहमा रहेका १४ सहित ४७ जना सहसचिवहरुको सरुवा र पदस्थापन गरेको छ ।
मन्त्रिपरिषद बैठकले २७ जनाको सरुवा र २० जनाको कामकाज सरुवा गरेको समाचार श्रोतले बताएको छ । यसअनुसार २ महिना अगाडिमात्र सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालय भित्रिएका सहसचिव बलराम रिज्याल पनि सरुवामा परेका छन् । सहसचिव रिज्याललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासन महाशाखामा पठाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासन हेर्ने सहसचिव चन्द्रकला पौडेल सचिव पदमा बढुवा भएपछि रिक्त रहेको ठाउँमा रिज्याललाई पठाइएको समाचार श्रोतले बताएको छ ।
सहसचिव रिज्याल प्रमुख जिल्ला अधिकारी हुनुका लागि मुख मिठ्याए, गृहमन्त्रालय प्रवेश गरेपनि निन्याउरो मु्ख लगाएर भौतिक पूर्वाधार मन्त्रालय छिर्न बाध्य बनेका छन् । गृह प्रशासनले उनको गन्ध मनपराएको सिंहदरबार भित्र चर्चा चलको छ ।
यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको निर्माण महाशाखाका सुपरिटेन्टेन्ट इन्जिनियर (सु.ई.) प्राविधिक सहसचिव कृष्णराज पन्थलाई पनि अपमानजनक तरिकाले राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको थियो । पन्थले हाललाई सरुवा बदर गरी साविककै ठाउँमा कामकाज गरिरहेको समाचार प्राप्त भएको छ ।
सहसचिवहरुको सरुवामा क्षमता र कार्यदक्षतालाई भन्दा आफ्नो ससम्मान हुन चाहनेलाई प्राथमिकतामा राखिने गरेको बताइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चाकडी गर्न सक्ने केही प्राविधिक सहसचिवहरुले मस्ती गर्दै आइरहेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सू.ई. पन्थको ठाउँमा लोकसेवाले पठाएको नयाँ सु.ई. बुद्धरत्न तुलाधरलाई पठाइएको श्रोतले जानकारी दिएको छ ।
वैदेशिक रोजगार विभागको महानिर्देशकमा भट्टराई
श्रम तथा रोजगार मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी कमलप्रसाद भट्टराईले पाएका छन् ।
सहसचिव भट्टराईलाई २०८२ वैशाख १५ गतेको मन्त्रीस्तरिय निर्णय गरी पठाइएको हो । यसअघि गत २०८१ चैत्र २३ गते मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख जीवलाल भुसाललाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरिएको थियो ।
भ्रष्टाचारको अखडाका रुपमा चिनिएको विभागको महानिर्देशकमा भुसाल जान अनिच्छुक देखिएपछि विभागमा हाजीर हुन गएका थिएनन् । लामो समयसम्म भुसाल नगएपछि भट्टराईलाई पठाइएको मन्त्रालय श्रोतले बताएको छ ।
२०७१ फागुन १२ का सहसचिव भट्टराईले विभागको महानिर्देशक बन्न तीब्र इच्छा देखाएका खबर नयाँ विमर्शमा उल्लेख छ । नवनियुक्त महानिर्देशक भट्टराईले पर्यटन मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अनुभव बटुलेका छन् ।
विभाग भित्र देखिएका विकृति र विगंगती एवं भ्रष्टाचारलाई निर्मूल गरी वैदेशिक रोजगारमा जाने श्रमिकहरुलाई न्याय दिन सक्छन् कि सक्दैनन् त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया