काठमाडौं । विवादित व्यापारी बिष्णु अग्रवालमाथि गम्भीर आरोप लागेको छ । अग्रवालमाथि सवारी साधनको व्यापारका नाममा उपभोक्तामाथि ठगी गरेको आरोप लागेको हो ।
अग्रवालले नेपालमा सञ्चालन गर्दै आएको एमएडब्लु (MAW) कम्पनीले अनधिकृत रुपमा सवारी साधनको व्यापार गर्ने गरेको तथ्य फेला परेको छ । यस कम्पनीले उपभोक्ताको विश्वासमा धक्का पुर्याउँदै गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गर्ने गरेको उपभोक्ताहरूको गुनासो छ ।
यस कम्पनीको सवारी खरिद गरेका उपभोक्ताहरूकै भनाइअनुसार, MAW कम्पनीले जापान, भारत, चीनलगायत विभिन्न देशबाट सस्तो मूल्यमा गाडी आयात गरी ती गाडीहरूलाई दोब्बरभन्दा बढी मूल्यमा नेपाली बजारमा बिक्री गर्ने गरेको छ ।
अग्रवालको कम्पनीमाथि भन्सार प्रक्रियामा अनियमितता, कर छली, कम गुणस्तरको सवारी साधनको आयात तथा महँगो मूल्यमा बिक्री गर्दै आएको गम्भीर आरोप छ । जसलाई यस कम्पनीबाट प्रचारप्रसारकै आधारमा सवारी खरिद गरी भनेजस्तो नहुँदा ठगिएका उपभोक्ताहरुले नै प्रमाणित गरेका छन् । जुन बिषय विभिन्न संचार माध्यममा समेत सार्वजनिक भइसकेको छ ।
अग्रवालद्वारा संचालित कम्पनीले केही वर्ष यामाहाका मोटरसाइकल र डीप्पल कम्पनीका इलेक्ट्रिक गाडीहरू नेपाल भित्र्याएर प्रचारबाजी गरेकै भरमा उक्त ब्रान्ड आक्रामक रुपमा बिक्री गर्न सफल भयो । तर प्रयोगमा आएको छोटो समयमै सवारीसाधनमा प्राविधिक समस्या एकपछि अर्को गर्दै देखिन थाले । जसका कारण उक्त ब्रान्डका गाडीहरूको माग घट्न थाल्यो र उपभोक्ताहरूले आफू ठगिएको बुझ्न थाले ।
त्यस्ता, अग्रवालको कम्पनीबाट ठगिएका थुप्रै उपभोक्ता छन् । जसमध्यका एक हुन्, धिरज केसी । जसको कहानी झनै दर्दनाक छ । केसीले गत वर्ष असोज महिनामा करिब १ करोड ५० लाख रुपैयाँ खर्चेर MAW कम्पनीबाट ‘कम्पासिप’ ब्रान्डको गाडी किनेका थिए । तर केही समय बित्दानबित्दै गाडीमा समस्या देखियो । त्यसपछि कम्पनीको आधिकारिक सर्भिस सेन्टर MAW इन्टरप्राइजेजमा मर्मतको लागि लगे । तर आठ महिनाबितिसक्दा पनि उनको गाडी बनेन । केसीले करोडौं रुपैयाँ ऋण लिएर खरिद गरेको गाडी न त मर्मत भयो, न त उनले गाडी फिर्ता पाए। उनको गाडीको पार्ट्स नपाईएको भन्दै कम्पनीले उनलाई झुलाईरहेको छ ।
उनी भन्छन्,- “बर्खाको बेला गाडी भित्र पानी पसेर, सामान्य क्षति भयो । सर्भिसिङ्ग गर्न ग्यारेज लगे तर ८ महिनादेखि म गाडीको पर्खाइमा छु ।”
“कम्पनीले पार्ट्स छैन भनेर बहाना बनाइरहेको छ। तर म भने बैंकको ऋणको ब्याज र किस्ता बुझाइरहेको छु। गाडीको चाबी त त मसँग छ तर गाडी छैन ।” उनले थपे ।
कम्पनीमा बारम्बार गुनासो गर्दा पनि सुनुवाइ नभएको केसीको गुनासो छ । अति भएपछि मुद्दा हाल्ने सोच बनाएका केसीले कम्पनीका सञ्चालक बिष्णु अग्रवाललाई भेट्छन् । तर अग्रवाल स्वयंले ‘हामीसँग सयवटा केस छन्, तपाईंले हाल्नुभयो भने १०१ वटा हुन्छ, जे गर्न मन लाग्छ गर्नुहोस् हामीलाई केहि फरक पर्दैन’ भन्दै धम्की दिएको केसी बताउँछन् ।
व्यापारका नाममा अग्रवाल र उनको कम्पनी गर्ने यस किसिमको व्यवहारले उपभोक्ताको अधिकारमाथि प्रहार मात्रै भएको छैन । यसले संचालकको व्यवसायिक नैतिकतामाथि समेतगम्भीर प्रश्न उठाएको छ ।
कुनै समयमा नेपाल उधोग परिसंघका अध्यक्ष समेत रहेका अग्रवालबाटै उपभोक्ता ठगिन्छन् भने अन्य व्यापारीबाट व्यवसायीक इमानदारीताको अपेक्षा गर्न नसकिने जानकारहरु बताउँछन् ।
यस सम्बन्धमा ग्राहकका सयौं गुनासो छन् । तर सरकार, उपभोक्ता संरक्षण मन्त्र तथा भन्सार प्रशासनले समेत कुनै चासो देखाएको छैन । नाफा कमाउने नाममा उपभोक्तमाथि गरिएको लुट तथा व्यापारिक बेईमानीलाई समयमै नियमन गर्न सकिएन भने यसले ठुलो समस्या निम्त्याउने कानुनविद्हरुको भनाई छ ।
अग्रवाल अहिले यामाहा, जिप, स्कोडा, जेसिबी, लेट, फोटोन, एमएडब्लु इन्जिनियरिङ, एमएडब्लु इन्भेस्मेन्ट, एस्कर्ट, बेस एण्न्ड ट्रेबललगायत कम्पनीका मालिक हुन् । अग्रवालले यतिबेला डिपल ,फोटोन र सेरेसजस्ता ब्रान्डका विद्युतीय सवारीसाधनबाट लुट मच्चाई रहेका छन् ।
अग्रवाल तथा उनका कम्पनीले भित्र्याएका ब्रान्डबिरुद्ध यतिबेला ग्राहकहरूले सामाजिक सञ्जालमार्फत पनि आक्रोश पोख्दै यस कम्पनीमाथी छानबिन गरि कारबाही गर्नुपर्ने माग गरिरहेका छन् ।
नेपालमा उपभोक्ताको अधिकार संरक्षणका लागि बनेका कानुन र नीति व्यवहारमा कमजोर देखिँदै गएको कारण यस्ता गतिविधिले स्थान पाएको अधिवक्ताहरु बताउँछन् । सरकारले अग्रवाल जस्ता शक्तिशाली व्यापारीहरूका गैर कानुनी कामलाई नियन्त्रण गरी जवाफदेही बनाउन नसक्दा उपभोक्ता ठगिने क्रम बढ्दै गएको उनीहरुको दावी छ ।
छुटाउनु भयो की ?
ब्रान्डको नाममा ब्रह्मलुट : डिपलको इभी गाडीमा उपभोक्ता ठग्दै बिष्णु अग्रवाल
प्रतिक्रिया