Logo

शृंगार

महिनावारीमा डार्क चकलेट खानु किन फाइदाजनक हुन्छ? जान्नुहोस् यी ३ कारण जुन महिलाहरूले जान्नैपर्छ !



महिनावारी (पीरियड्स) को समयमा पेट, कम्मर र खुट्टामा हुने दुखाइ अधिकांश महिलाका लागि सामान्य कुरा हो। तर कहिलेकाहीं यो दुखाइ यति धेरै हुन्छ कि सहनै गाह्रो पर्छ। यस्ता बेला केही प्राकृतिक उपायहरूले ठूलो राहत दिन सक्छन् — तीमध्ये एक हो डार्क चकलेट खाने।

पोषण विशेषज्ञका अनुसार, डार्क चकलेटमा पाइने पोषक तत्वहरूले महिनावारीको पीडा कम गर्नदेखि मूड सुधार्नेसम्मका धेरै फाइदाहरू दिन्छ।

महिनावारीमा डार्क चकलेट किन खानु पर्छ? जान्नुहोस् ३ मुख्य कारण

मांसपेशी खुकुलो पार्छ

डार्क चकलेटमा पाइने म्याग्नेसियम मांसपेशीको तनाव कम गर्न मद्दत गर्छ। यसले पेटमा हुने ऐंठनलाई कम गर्न सहयोग पुर्याउँछ, जसले गर्दा महिनावारीमा हुने कष्ट केही हदसम्म सहज हुन्छ।

मूड राम्रो बनाउँछ

म्याग्नेसियमले हाम्रो शरीरको सेरोटोनिन हर्मोन बढाउँछ, जसलाई “ह्याप्पी हर्मोन” पनि भनिन्छ। यसले महिलाको मनोस्थिति सुधार्छ, तनावरहित बनाउँछ र चिडचिडाहट कम गर्छ।

सूजन घटाउने एंटी-अक्सिडेन्ट

डार्क चकलेटमा भरपूर एंटी-अक्सिडेन्ट हुन्छ, जसले महिनावारीको समय हुने सूजन र असहजता कम गर्न सहयोग गर्छ। यो प्री-मेन्स्ट्रुअल सिन्ड्रोम (PMS) का लक्षणहरू जस्तै थकान, अवसाद, बारम्बार खान मन लाग्ने आदिमा पनि राहत दिन्छ।

कति र कस्तो डार्क चकलेट खानु उपयुक्त हुन्छ ?

डार्क चकलेट किन्दा ७०% देखि ८०% कोको सॉलिड्स भएको रोज्नु उत्तम हुन्छ। जति धेरै कोको, उति बढी फाइदा ।

२–३ टुक्रा दैनिक खान सकिन्छ – जसले स्वास्थ्यलाई हानि नगरी लाभ पुर्याउँछ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार ११:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।