Logo

अर्थ

सन नेपाल लाइफको हकप्रद सेयर खरिदमा आवेदन दिने समयावधि थप



काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि जेठ १९ गतेसम्मको मिति निर्धारण गरि निष्कासन गरेको हकप्रदमा आवेदन दिने समय थप गरिएको हो ।

मागबमोजिम आवेदन प्राप्त नभएकाले यो हकप्रदमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँबराबरको १ः०.२७ अनुपातमा रु.१०० अंकित दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको छ ।

लगानीकर्ताले सन नेपाल लाइफ इन्स्योरेन्सको पुतलीसडक कार्यालय , कम्पनीको विराटनगर, विरगञ्ज,पोखरा,बुटवल,नेपालगञ्ज,सुर्खेत,धनगढी शाखा कार्यालय, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार १२:३१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।