Logo

अर्थ

केईद्वारा ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ कार्यक्रम सम्पन्न



काठमाडाैं । नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले मे ३१ मा ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ शीर्षकको पर्यावरण–सचेत ग्राहक कार्यक्रम सम्पन्न गरेका छन् ।

उक्त कार्यक्रममा ८० जनाभन्दा बढी उत्साही सहभागीहरू थिए । जसमा ग्राहकहरू र परिवारका सदस्यहरू समेत सामेल थिए । कार्यक्रमले दिगो गतिशीलता र वातावरणीय उत्तरदायित्वलाई बढावा दिँदै ग्राहक, प्रकृतिप्रेमी र दिगोपनको वकालत गर्नेहरुलाई एकजुट बनाएको थियो ।

र्‍यालीमा केई एक्सथ्री प्रो, ई–क्युट ०२ र इ–क्युट ०४ लगायतका केईका नवीन इलेक्ट्रिक मोडलहरूको प्रदर्शनी गरिएको थियो । उक्त र्‍याली थापाथलीबाट गोदावरीतर्फ गएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा वृक्षरोपण समारोह थियो । जहाँ सहभागीहरूले सामूहिक रूपमा वृक्षारोपण गरेका थिए । उक्त अवसरमा ७० भन्दा बढी रूखहरू रोपिएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार १३:५४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।