काठमाडौं । सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक १.६० अंकले बढेर २६९४ को विन्दुमा कायम भएको छ ।
आज ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको ८७ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ६५ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्री र पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.२४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया