Logo

खेलकुद

नेपालको ऐतिहासिक जित, करण केसीको विस्फोटक पारी



काठमाडौं । आज स्कटल्याण्डको फोर्थहिल मैदानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले रोमाञ्चक जित हात पार्दै स्कटल्याण्डलाई १ विकेटले हराएको छ। २९७ रनको विशाल लक्ष्य पछ्याउँदै नेपालले अन्तिम ओभरमा खेल जित्न सफल भयो।

नेपालको जितमा करण केसी नायक बने। उनले ४१ बलमा विस्फोटक ६५ रनको अविजित पारी खेलेर टिमलाई जितसम्म पुर्‍याए।

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले  घरेलु टोली स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित निकालेको हो ।

अन्तिम बल वाइट आएपछि नेपालले रोमाञ्चक एक विकेटको जित निकाल्यो । नेपालको जितमा करण केसीले सानदार प्रदर्शन गरे । उनले ४१ बलमा ६५ रन बनाए । ओपनर कुशल भुर्तेलले ५३ रनको योगदान गरे ।  त्यस्तै, गुल्सन झाले ३० बलमा ४२ रनको महत्वपूर्ण पारी खेलेका थिए।

फोर्थहिलमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।  प्रत्युत्तरमा नेपालले अन्तिम बलमा जित निकाल्यो ।

लगभग हारको अवस्थामा पुगिसकेको नेपाललाई नवौं नम्बरमा ब्याटीङमा आएका करणले आक्रामक इनिङ खेलेर जिताएका हुन्। यो जितसँगै विश्वकप लिग–२ मा अंकतालिकामा एक स्थान माथि उक्लिएको छ।  बलिङतर्फ पनि करणले १० ओभरमा ४३ रन खर्चिएर २ विकेट लिए।

यो जितसँगै नेपालले त्रिकोणात्मक शृंखलामा बलियो पुनरागमन गरेको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार २३:५५   :  बजे

282
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।