काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने म्याद पुनः थप गरिएको छ ।
यो ऋणपत्रमा आवेदन दिने अन्तिम मिति जेठ २२ गते तोकिएको थियो, तर माग बमोजिम आवेदन नपरेकाले म्याद थप गरिएको हो । यो ऋणपत्रमा अब जेठ २५ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
बैंकले गत जेठ १८ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८/८९’ नामक ऋणपत्र निष्कासन गरेको छ ।
७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत दरले ब्याज भुक्तानी गरिनेछ र यसको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।




















प्रतिक्रिया