Logo

अर्थ

नविल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त



काठमाडाैं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् ।  बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत ज्ञवालीलाई नियुक्त गरेको हो ।

तत्कालीन सीईओ ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्रबैंकको गभर्नरको दौडमा सामेल हुने निर्णयसहित २०८१, चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा गरेपछि ज्ञवालीलाई कामू सीईओको जिम्मा दिइएको थियो ।

उनी आगामी ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका हुन् । ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट हुन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार १२:४४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।