Logo

खेलकुद

हङकङ र नेपाल हाफटाइम अघि गोलरहित अवस्थामा



काठमाडौं । हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ ।

बिहीबार सो कोन पोस्थित हङकङ रंगशालामा जारी खेलमा दुबै टोली गोलरहित अवस्थमा रहेका छन । जारी खेलको ४२औं मिनेटमा सोरेस जुनियरले करिब २२ यार्ड परबाट गरेको प्रहार नेपाली गोलकिपर तथा कप्तान किरण चेम्जोङले सहजै नियन्त्रणमा लिएका थिए ।

अबको ५ दिनपछि २०२७ एएफसी एसिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ । त्यही दिन नेपालले लाओससँग खेल्ने तालिका छ ।

छनोट प्रतियोगिताको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई आतिथ्यता गरेको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार २१:५३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।