काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ ।
आज सुनकाे मूल्य प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २१५० रुपैयाँमा कारोबार भएको चाँदी आज २१४५ रुपैयाँमा कायम भएको हो ।




















प्रतिक्रिया