Logo

अर्थ

हिमालयन बैंककाे न्युराेड शाखा ठमेलस्थित सञ्चय कोष भवनमा स्थानान्तरण



काठमाडाैं । हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखा-२ लाई काठमाडौं महानगरपालिका वडा नं २७, ठमेलस्थित सञ्चय कोष भवनमा स्थानान्तरण गरेकाे छ ।

सञ्चयकाेष भवनबाट आइतबार(जेठ २५ गते) देखि ठमेल शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा आएको छ ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका हुन् ।

हाल बैंककाे १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटिएम, ८,००० भन्दा बढी पिओएस टर्मिनल्स र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १३:०१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।