Logo

अर्थ

धितोपत्र बोर्डले सेयरको भित्री कारोबारमा शून्य सहनशीलता लिनुपर्छ: अर्थमन्त्री पौडेल



काठमाडाैं । धितोपत्र बोर्डले भित्री कारोबारमा शून्य सहनशीलता लिनुपर्ने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका छन् ।

धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडलेले यस्ताे बताएका हुन् । उनले भने, ‘कारोबारमा पारदर्शीता वा भित्री कारोबार लगायतका कुनै पनि काममा शून्य सहनशीलता लिनुपर्छ । नियमनमा दुईटा चिज हुन्छ गल्ती गर्नेलाई रोक्ने र भएन भने नियन्त्रण वा आवश्यकता अनुसार दण्डित गर्ने त्यसैले बोर्ड कुनै पनि प्रभाव र दबाबबाट माथि उठाएर प्रतिस्पर्धी भएर अगाडि बढ्नु पर्छ ।’

उनले सन्तोष नारायण श्रेष्ठको नेतृत्वमा बोर्डको अहिलेको टिमले यही उद्देश्यको साथमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । अर्थमन्त्रीले थपे, ‘यो औपचारिक संस्था मात्रै नभएर पारदर्शीता, भूमिका, परिणाम, सुशासन र निष्पक्षताको हिसाबले उम्दा संस्थाको रूपमा अगाडि बढाउनु पर्नेछ र अर्थमन्त्रालय, सरकारको निरन्तर साथ सहयोग रहनेछ ।’

अर्थमन्त्रीले पुँजी बजारमा नयाँ नयाँ उपकरण प्रयोगमा रहेकाले नेपालमा पनि अध्ययन गरेर यी काममा अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १५:०९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।