प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सत्तामाथि खड्को आइरहँदा उनी भने चीनतर्फको नाकामा जाँदैछन् । ओली आज किमाथांका नाकामा जानलागेका हुन् ।
हेलिकोप्टरबाट संखुवासभाबाट किमाथांका नाकामा जाने तय भएको हो । चीनसँगको उक्त नाका रणनीतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
नेपाल कम्युनिस्ट पार्टीभित्र बिहिबार प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । उनले हिजो बालुवाटार पुगी ओलीलाई समेत बैठकमा आउन भनेका छन् । तर, ओली भने आज चीनतर्फको नाकामा पुग्दैछन् । पार्टीभित्र ओलीविरुद्ध घेराबन्दी बढ्दै गएको छ । कुनैपनि बेला ओलीइतर समूहले कठोर कदम चालेर ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी गरेको छ ।
धुम्बाराही जानुअघि दाहालले भेटे ओलीलाई
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सचिवालयको औपचारिक बैठक बस्नुअघि दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
दाहालनिकट स्रोतले जनाएअनुसार ओलीसँगको भेटमा दाहालले तत्काल सचिवालय बैठक बोलाउनुपर्नेमा जोड दिएका थिए । दाहालले आजै पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयको बैठक बोलाएका छन् ।
प्रतिक्रिया