Logo

प्रमुख समाचार

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धटको रिटमा असार १८ गते फैसला आउने



काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक पदका नियुक्तिविरुद्धको रिटको फैसला आगामी असार १८ गते सुनाउने भएको छ ।

आज फैसला सुनाउने भएपनि इजलासमा रहेका न्यायाधीशहरुबीच राय बाझिएपछि निर्णय सुनाउने दिन सरेको जनाइएको छ ।

आज (बुधबार) उक्त रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा पेसी चढेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार ०७:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।