Logo

आइपीएल: ओरेन्ज क्याप के एल राहुललाई, पर्पल क्यापमा रबडा बिजयी



युएईमा जारी इण्डियन प्रिमियर लिग(आइपीएल) १३ औँ संस्करणको उपाधि मुम्बई इन्डियनसले जितेको छ । फाईनलमा दिल्लीलाई हराउँदै ५ औँ पटक उपाधि हात पारेको  हो । 

आईपीएल को फाइनल पछि, खेलाडीहरूमा पैसाको वर्षा नै भएको थियो । जसमा किंग्स इलेवन पंजाबका कप्तान लोकेश राहुल यस सत्रमा अधिकतम ६७० रन बनाएर ओरेन्ज क्याप हासिल गर्न सफल भए । उनले दोस्रो स्थानमा रहेका दिल्लीका शिखर धवनलाई ५२ रनले पछि पार्दै उक्त क्याप जितेका हुन् ।   लोकेश राहुलले ओरेन्ज क्याप जितेको यो पहिलो पटक हो ।  यस सँगसँगै उनले  १० लाख रुपैयाँको चेक पाएका छन् । 

त्यस्तै दिल्ली क्यापिटलस्का तीब्र गतिका बलर कागिसो रबाडा आईपीएलको १३ औँ संस्करणमा सर्वाधिक विकेटका लिदै  पर्पल क्याप विजेता बनेका छन् । रबडाले ३० विकेट लिदै यो उपाधि हात पारेका हुन् । उनले दोस्रो स्थानमा रहेका जसप्रित बुम्राहलाई ३ विकेट ले पछि पारेका थिए ।  रबाडाले पनि  १० लाखको चेक पाएका छन् ।

यसैबीच इण्डियन प्रिमियर लिग आइपीएल को अफिसियल ट्विटरले राहुल र रबडालाई  बधाई दिएको छ ।

twit.JPG 

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार