Logo

प्रमुख समाचार

सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक



काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।

बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

संसदको क्यालेन्डरलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा प्रमुख दलका प्रमुख सचेतक सहभागी हुनेछन् ।

प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोध गरिरहेका छन् ।

जसका कारण बजेटमाथिको छलफद अघि बढ्न सकेकको छैन ।

यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार ०८:५८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।