Logo

प्रमुख समाचार

अमरेशकुमार सिंहले नेपाललाई लिजमा दिउँ भनेपछि सदनमा लफडा



काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको भन्दै बाँकी जिल्ला अर्को देशलाई लिजमा दिनुपर्ने अभिव्यक्ति राखेपछि सदनमा लफडा भएको छ ।

बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा सिंहले बजेट नजाने जिल्ला नेपालमा किन राख्ने ? प्रश्न गर्दै ७२ जिल्ला चीन, अमेरिका भारतलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सिंहको त्यो भनाइमा नियमापत्ति जनाउँदै राष्ट्रघाती अभिव्यक्ति दिएकोमा सिंहलाई कारबाही गर्न माग गरे । ‘देशलाई अन्यत्र गाभौं भन्ने देशद्रोही अभिव्यक्ति । सार्वभौमिकता, अखण्डताविरोधी भनाइ राख्नेलाई कारबाही गर्नुपर्छ । विगतमा पनि उहाँको अभिव्यक्ति राम्रो छैन । हामी राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सक्दैनौं । कारबाहीको विषय बनाइयोस्’, बर्तौलाले भने ।

सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भन्दै बजेट नजाने बोल्न पनि नपाउने किन भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०८२, आईतवार १२:२८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।