Logo

प्रमुख समाचार

बागमती र धोबीखोला सतर्कता तहभन्दा माथि, नदी किनारमा सावधानी अपनाउन आग्रह



 

काठमाडौं। काठमाडौं जिल्लास्थित बागमती नदी गौरीघाट र धोबीखोला चाबहिल पानीले सतर्कता तह नाघेको जलमापन केन्द्रले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असार ८ गते राति ११ः३० बजे उक्त स्थानहरूमा जलस्तर बढ्दो क्रममा रहेको र अझै पानी बढ्न सक्ने भएकाले नदी किनारमा यात्रा गर्ने वा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

विभागले थप वर्षा हुने सम्भावना रहेकोले आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राख्दै सावधानीपूर्वक रहन अनुरोध गरेको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार ०६:२४   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।