काभ्रेप । रोशी गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि एकल पुरुषलाई मासिक भत्ता दिने प्रस्ताव गरेको छ । गाउँसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमा ६० वर्ष उमेर नाघेका एकल पुरुषलाई भत्ता दिन प्रस्ताव गरिएको हो।
पहिलो बैठक मंगलबार सम्पन्न भएको छ। अधिवेशनमा आगामी आर्थिक वर्ष ०८२र८३ का लागि ७२ करोड चार लाख ३७ हजार बजेट प्रस्ताव भएको छ। बैठकमा आर्थिक वर्ष ०८२र८३ को वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।
गाउँपालिका अध्यक्ष दिनेश लामाले वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाईबाले विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गरेका थिए ।
सभाका उपाध्यक्ष वाईबाले प्रस्तुत गरेको बजेटमा आन्तरिक स्रोतबाट एक करोड २६ लाख, स्थानीय राजाश्व बाडफाँडबाट दुई करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट नौ करोड ५० लाख ६० हजार, प्रदेश राजश्व बाँडफाँडबाट तीन करोड ९९ लाख ५६ हजार, संघीय सरकार समानीकरणबाट १० करोड २५ लाख, संघीय सर्शत अनुदानबाट ३२ करोड ५१ लाख, संघीय समपूरक अनुदानबाट ९९ लाख, संघीय बिशेष अनुदानबाट ८९ लाख, प्रदेश समानिकरण अनुदानबाट, एक करोड दुई लाख ५० हजार, प्रदेश सरकारको सशर्त अनुदानबाट दुई करोड ७० लाख २७ हजार, प्रदेश सरकारको समपुरक अनुदानबाट दुई करोड ८५ लाख र प्रदेश विशेष अनुदानबाट ६५ लाख प्रक्षेपण गरेर बजेट प्रस्ताव गरेका छन् ।
‘समृद्ध रोशी, जनता खुसी’ भन्ने नारालाई पुरा गर्नेगरी नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।





















प्रतिक्रिया