Logo

प्रमुख समाचार

स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन



काठमाडौँ । स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि ५४ जनाको आवेदन परेको छ ।

मङ्गलबार तोकेको समयसम्म चार वटा उपकुलपति रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५४ जनाको आवेदन परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि १० जनाले आवेदन दिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका छन् भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि १४ जनाले आवेदन दिएका छन् ।

त्यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि १३ जनाले आवेदन दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार २१:०४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।