Logo

प्रमुख समाचार

मुग्लिङ–नारायणगढ सडक बन्द गरेर सडकमाथिको ढुङ्गा हटाइँदै



काठमाडौँ । चितवन स्थित मुग्लिङ–नारायणगढ खण्डमा सडकमाथि अड्किएर बसेको ढुङ्गा हटाउन दुई घण्टा सो सडक खण्ड बन्द गर्ने निर्णय गरिएको छ । आज बिहान १० बजेदेखि १२ बजेसम्म सो सड्क खण्ड बन्द गर्न लागिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

तुइन खोला नजिकै पहिरोको जोखिम भएको हुनाले भिरमा अड्किएको ढुङ्गा हटाउन लागिएको उनले बताए । गतवर्ष चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोका कारण बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए ।

त्यस्तो घटना न्यूनीकरण गर्न सडकको माथिल्लो भागमा जम्मा भएर बसेको गेग्रान समेत ट्राफिक प्रहरीले स्थानीय निकायको सहयोगमा हटाउन लागेको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १०:००   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।