Logo

प्रमुख समाचार

होसियार बढ्दै छ डेंगुको जोखिम



काठमाडौँ । मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमणको जोखिम पुनः बढ्न थालेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तंथ्याकअनुसार गएको पुसयता देशभर १ हजार ५ सय ६१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो एक सातामा ९१ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका छन् ।

विगतका वर्षहरूभन्दा यस वर्ष डेंगु सङ्क्रमण बढेको देखिएको छ ।

मनसुनको सुरुमै बिरामीहरू बढ्न थालेसँगै भदौ असोजसम्म ह्वातै बढ्न सक्ने सरुवा रोग विशेषज्ञहरू बताउँछन् ।

साथै वेलैमा सजकता नअपनाए यसले महामारीको रूप पनि लिन सक्ने उनीहरूले चेतावनी दिएका छन् ।

यसअघि नेपालमा सन् २०१० मा रूपन्देही, नवलपरासीलगायत तराईका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो ।

यस्तै, २०१९ मा धरानमा डेंगु व्यापक फैलिएको थियो ।

पछिल्लामा वर्षहरूमा काठमाडौँ उपत्यकालगायत जिल्लामा पनि डेंगुका बिरामीहरू ह्वात्तै बढ्न थालेका छन् ।

देशभरका ७३ जिल्ला डेंगु पुगिसक्यो । यसले गम्भीर असर पार्न सक्ने भएकाले पूर्वतयारी नै सबैभन्दा उचित विकल्प भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

यस वर्ष बागमती, गण्डकी र कोशी प्रदेशमा डेंगु सङ्क्रमण बढी पुष्टि भएको छ ।

ईडीसीडीका गएको पुसयता बागमतीमा ३८६ वटा डेंगुको केस पुष्टि भइसकेको छ ।

त्यस्तै गण्डकीमा ३२२, कोशीमा ३१४, लुम्बिनीमा २६३, सुदूरपश्चिम २२६, कर्णालीमा ३४ र मधेसमा २५ वटा केस पुष्टि भएको छ ।

बर्खा लागेसँगै क्रमशः डेंगुका केस बढ्दै जान थालेका हुन् ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार ०७:०७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।