Logo

प्रमुख समाचार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्ने भएको हो ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन लगायतको विषयमा छलफल हुने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए ।

पार्टी उपाध्यक्ष गंगालाल तुलाधरका अनुसार बैठकमा अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्नेछन् ।

पतञ्जलीको जग्गामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाडेको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार ०८:५८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।