माछापुच्छ्रे बैंकले आज नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गतेदेखि लागु हुनेगरी बचत तथा निक्षेपको ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७.२५ देखि ८.५० प्रतिशत र संस्थागत रुपमा ५.५० देखि ७ प्रतिशतसम्म ब्याजदर सार्वजनिक गरेको छ । जसमा मुद्दति निक्षेप तर्फको व्यक्तिगततर्फ ३ महिना देखि १वर्ष, १ वर्ष देखि ३ वर्ष र ३ वर्ष माथिका लागि कमर्शः ७.२५, ८.२५ र ८.५० ब्याजदर तोकेको हो ।
यस्तै बचतमा १ देखि ४.५० प्रतिशत ब्याजदर रहेको छ ।






















प्रतिक्रिया