Logo

प्रमुख समाचार

नैतिकताका आधारमा पार्टीको नेतृत्व परित्याग गर्नुपर्ने नेता नेपालले पदमै बसेः सूर्य थापा



काठमाडौं । एमालेका सांसद सूर्य थापाले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको पद लोलोपुता ज्यादै अशोभनीय र मजाकपूर्ण देखिएको बताएका छन्।

पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नैतिकताका आधारमा पार्टीको नेतृत्व परित्याग गर्नुपर्ने नेता नेपालले पदमै बसेको भन्दै थापाले चर्को आलोचना गरेका हुन्।

भ्रष्टाचार मुद्दा दायर भएसँगै संसदबाट निलम्बित नेता नेपालले पार्टीको अध्यक्ष पद भने छोडेका छैनन्। सोही विषयमा पार्टीभित्र विरोध भइरहेको प्रसंग उल्लेख गर्दै थापाले नेता नेपालको विरोध गरेका हुन्।

एमाले विभाजन र माधव नेपालको संकटका विषयमा चर्को टिप्पणी गर्दै थापाले फेसबुकमा लेखेका छन्, ‘‘अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि पनि पदमा टाँसिरहनु नैतिकहराम कार्य हो।

यो अरूलाई सिकाउने र आफूले चाहिँ मनपरि गर्ने द्रैधचरित्रको प्रदर्शन किमार्थ पनि होइन १ जीवनको उत्तरार्धमा कस्तो देखिने, सुनिने र लेखिने उहाँ लगायत सम्बन्धित व्यक्तिहरूले नै स्वघोषणा गर्नु उचित हुन्छ।

पार्टी फुटाएर बनाएको सानो टुक्राको मुखिया भइरहने रहिरहने पदलोलुपताले नैतिकताको हुर्मत लिएको दृश्य परिदृश्य ज्यादै अशोभनीय र मजाकपूर्ण भएको छ।’’

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार ०८:०२   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।