Logo

३ हजार तिरेर छुटे जुवाखालबाट पक्राउ परेका पूर्वराज्यमन्त्री राय



पूर्वराज्यमन्त्री खोभारी राय धरौटिमा छुटेका छन् । जुवा खेल्दै गर्दा  पक्राउ परेका राय जिल्ला अदालत, काठमाडौंको आदेशपछि छुटेका हुन्। जिल्ला अदालत, काठमाडौंले तीन हजार रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिएपछि काठमाडौं प्रहरीले उनलाई हिरासतमुक्त गरेको ठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए । 

यसअघि कात्तिक १६ गते महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई १ लाख ५३ हजार रुपैयाँसहित जुवाखालबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, बिक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा तामाङ, धर्मलाल तामाङ लगायत थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १४:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।