Logo

प्रमुख समाचार

‘कुलिङ पिरियड’को गल्ती राष्ट्रियसभाबाट सच्याइनेछ : सभामुख घिमिरे



काठमाडौं । संघीय निजामती सेवा ऐनमा उल्लेख गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी विवादित प्रावधानबारे उत्पन्न बहसबीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त गल्ती राष्ट्रियसभाबाट सच्याइने स्पष्ट पारेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संसदीय मामिलाका पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले भने, ‘समितिबाट जे प्रस्ताव आयो, त्यही पारित भएको हो । सदनले त्यसमा केही थपघट गरेर पास गरेको होइन ।’

समितिमा भएको छलफलको नियत एउटा भए पनि परिणाम अर्कै देखिएको भन्दै समितिकै सदस्यहरूले गुनासो गरेको सभामुखले बताए । उनले भने, ‘यस विषयमा छानबिन हुनुपर्छ ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार १४:२९   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।