Logo

प्रमुख समाचार

एमालेसँग बाहेक अरूसँग गठबन्धनको विकल्प छैन : डा. महत



काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

दुई दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकको निष्कर्ष सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँगको गठबन्धनको विकल्प नरहेको बताएका हुन् ।

विभिन्न खालका सत्तासमीकरणको परीक्षण भइसकेको बताउँदै महतले कसैको बहुमत नभएमा धेरै विकल्प खोज्न नहुनेमा आफूहरू रहेको पनि बताएका छन् ।

‘गठबन्धनबारेमा समग्रमा अब धेरै विकल्प हामीसँग छैन, कसैको बहुमत छैन ।

विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको,’ महतले मंगलबार सानेपामा भने।

गठबन्धन भन्नेबित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने पनि उनको तर्क थियो । अहिले कांग्रेसभित्र गठबन्धनबारे प्रतिकूल विचार केही नआएको उनले बताए ।

सरकारमा सहभागी मन्त्रीहरूको डेलिभरी अझ राम्रो हुनुपर्ने बताउँदै उनले त्यसका लागि राम्रो काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार ०७:४९   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।