Logo

राजनीति

विवादित निजामती विधेयक सन्देशसहित राष्ट्रिय सभामा टेबुल, चलखेल गर्नेमाथि कारबाही गर्न सदस्यको माग



काठमाडौं । प्रतिनिधि सभाबाट पारित भएपछि विवादित बनेको संघीय निजामती सेवा विधेयक २०८० आज राष्ट्रिय सभामा सन्देशसहित टेबुल भएको छ ।

बुधबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन् ।

राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालाले निजामती विधेयकमा चलखेल भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरिन् । विष्णुकुमारी सापकोटाले विधेयकमा देखिएका त्रुटिहरू सच्याउन भन्दै चलखेल गर्नेमाथि छानबिन गरी कारबाहीको माग गरिन् ।

त्यस्तै सदस्य श्रीकृष्ण प्रसाद अधिकारीले दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति भएपछि त्यसविपरीत विधेयक आएको भन्दै कानून निर्माण जस्तो विषयमा भएको कीर्ते कार्यमा संलग्नलाई संसदीय समिति बनाएर कारबाही गर्न माग गरे ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार १३:५२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।