काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।
भण्डारी निकट स्रोतका अनुसार, ‘पूर्वराष्ट्रपतिले पाउने सम्पूर्ण सेवासुविधा फिर्ता गरिने निवेदन गृह मन्त्रालयमा पठाइएको छ र आजकै मितिबाट ती सेवा फिर्ता हुँदैछन् ।’
पूर्वराष्ट्रपति भण्डारीले गत १४ असारमा नेकपा (एमाले)मा पुनः सक्रिय हुने औपचारिक घोषणा गरेकी थिइन् । उनले आफ्नो पार्टी सदस्यता नवीकरण पनि भएको जानकारी गराएकी छिन् ।
भण्डारीले राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै नेकपा एमालेमा नयाँ नेतृत्वको बहस पनि सुरु भएको छ ।




















प्रतिक्रिया