मकवानपुर । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । पछिल्लो पटक बिहीबार साँझ ५ बजेका लागि सारिएको बैठक साँझ ६ः४५ बजे सुरु भएको हो ।
दलहरूबिच बजेट माथिको छलफल प्रारम्भ गर्ने ८ बुँदे सहमति भएसँगै प्रदेशसभा बैठक सुरु भएको हो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मध्यकालीन खर्च व्यवस्थापन प्रस्ताव पेस गर्ने र आगामी आर्थिक वर्षको बजेट वक्तव्य माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
बैठकमा राप्रपा सहभागी छैन । बैठक सुरु भए लगत्तै राप्रपाका संसदीय दलका नेता उद्धव थापाले आफ्नो धारणा राख्दै बजेटका त्रुटि नसमेटिएसम्म बैठकमा सहभागी नहुने भन्दै बाहिरिएका छन् ।





















प्रतिक्रिया