काठमाडौं । नेपाल टेलिकमले ललितपुरको पाटन कार्यालयअन्तर्गतका विभिन्न क्षेत्रमा प्रदान गर्दै आएको ‘फाइबर टू द होम’ (FTTH) सेवा आज राति ८ घण्टासम्म बन्द हुने जनाएको छ ।
टेलिकमले एकान्तकुना, थसिखेल, महालक्ष्मीस्थान लगायतका क्षेत्रमा आन्तरिक मर्मत तथा सम्हार कार्य गर्ने क्रममा बुधबार राति ११ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म टेलिफोन, इन्टरनेट र टिभी सेवा प्रभावित हुने जनाएको हो ।
सेवा अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति कम्पनीले ग्राहकसमक्ष क्षमायाचना गरेको छ। साथै, जानकारीका लागि ग्राहकलाई समयमै सूचित गरिएको टेलिकमको भनाइ छ ।
टेलिकमले निर्धारित समयभन्दा अगावै मर्मत कार्य सकिने सम्भावनासमेत रहेको टेलिकमले जनाएकाे छ । थप जानकारी वा सेवा सम्बन्धी सहायता आवश्यक परेमा ग्राहक सेवा केन्द्र १९७ वा पाटन कार्यालयको ०१–५४५३३६३ मा सम्पर्क गर्न टेलिकमले अनुरोध गरेको छ ।






















प्रतिक्रिया