Logo

स्वास्थ्य

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई कोरोना पोजेटिभ



राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ । केहीदिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।

राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको समेत नेता शर्माले जानकारी दिए ।

पूर्वउपप्रधानमनत्री समेत रहेका केसी करिब एक महिनादेखि भैरहवामा थिए । त्यही क्रममा रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो ।

मंगलबार बुटवलबाट काठमाडौँ आएका केसीलाई त्यहिदिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा केसीले कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको हो ।

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ५ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।