Logo

प्रमुख समाचार

पत्यकामा विपद् उद्धारका लागि ४ सय सशस्त्र तैनाथ



काठमाडौँ । काठमाडौँ उपत्यकामा मनसुनजन्य सम्भावित विपद्मा परिचालन हुने गरी सशस्त्र प्रहरीले आफ्नो ४ सय प्रहरी तयारी अवस्थामा राखेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रत्येक गणमा २ प्लटुन , गुल्ममा १ प्लटुन तथा सुरक्षा बेस हरुमा १ सेक्सन फौज तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

उनका अनुसार करिब ४ सय फौज विपद् उद्धारका सामाग्री सहित २४ घण्टा स्ट्याडबाई राखिएको छ ।

भक्तपुर स्थित गुहेश्वरी गण , ललितपुर स्थित दक्षिणकाली गण , कीर्तिपुरस्थित निलबाराही गण , सिनामंगलस्थित विपद् उद्धार गण, बाघभैरब गुल्म तथा सुरक्षा बेस हरुमा आवश्यक विपद् उद्धार सामाग्री सहित तयारी अवस्थामा राखिएको उनले बताए ।

बर्सातको कारण उपत्यकामा हालसम्म जोखिमको अवस्था देखिएको छैन ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार २०:४२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।