Logo

अवैधरुपमा उत्खननमा संलग्न सात ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा



नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा अवैधरुपमा उत्खननमा संलग्न सात ट्याक्टरलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ को विनयी खोलामा अवैध रुपमा नदीजन्य सामग्री उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्किबासबाट गएको टोलीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो ।

नम्बरप्लेट हाल्न बाँकी (अन टेस्ट) ट्याक्टर सहित सात ट्याक्टर मङ्गलबार मध्यरातमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी विशाल तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ००:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।