Logo

प्रमुख समाचार

भारतबाट चोरेर ल्याएको दुई वटा कारसहित दुई जना पक्राउ



 

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा र बौद्धबाट ट्राफिक प्रहरीले चोरीको आशङ्कामा दुई वटा कार बरामद गरेको छ । भारतबाट चोरेर ल्याएको आशङ्कामा उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती कार बरामद गरेको हो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित शिवचोकबाट बा।१६ च ३१३१ नम्बरको कार र बौद्धबाट बा।१६ च ४०१७ नम्बरको कार बरामद गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले रातोपाटीलाई बताए । दुवै स्विफ्ट कार हुन् ।

कार चालक दोरम्बा गाउँपालिका वडा नम्बर–४ घर भएर जोरपाटी बस्ने ४० वर्षीय धन बहादुर तामाङ र सिन्धुली घर भएका ३९ वर्षीय मोहन लामा छन् । असार २७ मा नियन्त्रणमा लिएर उनीहरूलाई कार सहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको एसपी गिरीले बताए ।

असार २७ मा बरामद गरिएको दुवै गाडीको रेकर्ड यातायात व्यवस्था कार्यालय र आयातकर्ता कम्पनीको रेकर्डमा नभेटिएको उनले बताए । एसपी गिरीले भने,‘दुवै गाडी भारतबाट चोरी गरेर ल्याएको हाम्रो आशङ्का छ ।’

प्रकाशित मिति : २९ असार २०८२, आईतवार २१:२४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।